birat ribon

२० देखि ४९ वर्ष उमेर समूहले धेरै कोभिड सङ्क्रमण फैलाउँदै : अध्ययन

Neuro
२० देखि ४९ वर्ष उमेर समूहले धेरै कोभिड सङ्क्रमण फैलाउँदै : अध्ययन

विराटनगर / गत केही महिनादेखि कोभिडका रोगीको सङ्ख्या भारी मात्रामा घट्न थालेको छ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानसमेत सुरु भए पनि महामारी कहिलेसम्म अन्त्य हुन्छ र जीवन पहिलेजस्तो समान्य लयमा फर्किने भन्ने कुरा थाहा भइसकेको छैन । हालसम्म पनि दैनिकजसो केही मात्रामा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । जसकारण कोभिडको जोखिमबाट बच्नका लागि पहिलादेखि अपनाएका सावधानीका उपायलाई अझै पालना गर्नुपर्ने देखिएको छ ।

cura insider

सार्वजनिक ठाउँमा जाँदा कोबाट सङ्क्रमण सर्न सक्छ भनेर थाहा पाउन गाह्रो हुन्छ । तर, वयस्कको एकमात्र समूहले अझै पनि सङ्क्रामक भाइरस फैलाइरहेको हुँदा नयाँ अध्ययनअनुसार कोभिडको सङ्क्रमणबाट बच्नका लागि वयस्कबाट टाढा रहनुपर्ने हुन्छ । अमेरिकाको १० करोडभन्दा बढी व्यक्तिको सेल फोन डाटा प्रयोग गरेर इम्पिरियल कलेज लन्डनका अन्वेषकहरूको टोलीले गरेको अध्ययनपछि यस्तो निष्कर्ष आएको हो ।

२० देखि ४९ वर्षबीचका वयस्कहरू बढ्दो कोभिडको सङ्क्रमणका लागि महत्वपूर्ण जिम्मेवार छन् । एक सयमध्ये सङ्क्रमण भएका ६५ जना उक्त उमेर समूहका सम्बन्धितबाट सङ्क्रमित भएका थिए । बच्चा तथा किशोरकिशोरी पनि भाइरसको न्यूनतम प्रसारका लागि जिम्मेवार छन् । तथ्याङ्कका अनुसार नौ वर्ष वा नौ वर्षभन्दा साना बच्चाहरुले सङ्क्रमणको पाँच प्रतिशतभन्दा कममा योगदान पुर्‍याएका छन् ।

जबकि १० देखि १९ वर्ष उमेरका १० प्रतिशतभन्दा कम सङ्क्रमणमा लागि जिम्मेवार थिए । त्यस्तै, जामा नेटवर्कमा प्रकाशित अर्को अध्ययनअनुसार कोभिडको आधाभन्दा बढी अर्थात् ५९ प्रतिशत सङ्क्रमण लक्षणविहीन मानिसहरूले गरेका हुन सक्छन् । वयस्कहरूबीच सङ्क्रमणको रोकथाम उपायहरू आवश्यक रहेको अध्ययनको निष्कर्ष रहेको छ ।

सङ्क्रामक भाइरसबाट आफूलाई र अरूलाई बचाउन विशेषगरी २० देखि ४९ वर्ष उमेर समूहमा मानिसले सामाजिक दूरी, मास्क लगाउने र सरसफाइमा अत्यधिक ध्यान दिनुपर्ने सल्लाह दिइएको छ ।

jackson ribon