birat ribon

कोभिडका नयाँ लक्षण पहिलेभन्दा फरक

Neuro
कोभिडका नयाँ लक्षण पहिलेभन्दा फरक

विराटनगर / कोभिडको लक्षण, ज्वरो र खोकीसहितका मौसमी फ्लू तथा अन्य सामान्य रोगहरूसँग पनि मिलिरहेको हुनसक्छ ।

तर, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का अनुसार ज्वरो, लगातार खोकी र गन्ध वा स्वादको भावनामा परिवर्तन आउनु वा हराउनु कोभिडको तीन सबैभन्दा सामान्य र क्लासिक लक्षणहरू हुन् । यसबाहेक, यी तीन लक्षणहरू कोभिडको धेरै प्रारम्भिक लक्षण हुन सक्छन् ।

cura insider

मानिसहरूलाई पहिले नै कोभिडका सामान्य लक्षणहरूबारे सबै थाहा भइसकेको छ । तर, विशेषज्ञहरू घातक रोगको कारण हुने बिरामीहरूमा विस्तृत रूपमा हेर्न सल्लाह दिएका छन् । साथै, भाइरसमा भएको उत्परिवर्तनले नयाँ प्रकारको भाइरस विकास गरिरहेको बेलामा सङ्क्रमितमा पहिलेको भन्दा भिन्न लक्षण देखिन थालेको छ ।

तर, केवल क्लासिक लक्षणहरूमा मात्र ध्यान दिएमा ठूलो जोखिम निम्तिन सक्छ । यसै कारण बेलायतको चेरसायरको वारिङ्ग्टनमा स्थानीय स्वास्थ्य अधिकारीहरूले सात नयाँ कोभिडको लक्षणहरूको एउटा सेट सूचीबद्ध गरेका छन् ।

अनुसन्धानअनुसार घाँटीको दुखाइ, मांसपेशी तथा जोर्नीको दुखाइ, झाडापखाला, कन्जङ्टिभाइटिस (आखाँमा समस्या), टाउको दुखाइ, छालामा दाग देखापर्ने र हात तथा खुट्टाका औँलाको रङ परिवर्तन हुने नयाँ लक्षणहरू हुन् ।

वारिङ्ग्टनका जनस्वास्थ्य निर्देशक थारा राजका अनुसार वारिङ्ग्टनका कोरोना भाइरसका सङ्क्रमितमा धेरै हल्का लक्षण देखिएका थिए वा तीनवटा क्लासिक लक्षणभन्दा भिन्न लक्षणहरू देखाइरहेका थिए ।

jackson ribon