birat ribon

यी हुन् डिप्रेसनबाट निको भइरहेका सङ्केत

Neuro
यी हुन् डिप्रेसनबाट निको भइरहेका सङ्केत

विराटनगर / डिप्रेसनले एक मानिसलाई प्रियजनबाट टाढा राखेर मानसिक शान्तिलाई नष्ट गर्न सक्छ ।

Padelux insider
cura insider

यसले शारीरिक र सबैभन्दा महत्त्वपूर्ण मानसिक स्वास्थ्यलाई गम्भीर समस्यामा पार्न सक्छ । र, लामो समयसम्म रहने डिप्रेसन वा केही उपचार नगरिएमा घातक साबित हुन सक्छ । डिप्रेसनको लक्षण पत्ता लगाउन र डिप्रेसनलाई अस्थायी दुःखबाट छुट्याउन मात्र महत्त्वपूर्ण हँुदैन, यसबाट निस्कनका लागि के गरिरहेको वा कति प्रगति भइरहेको छ भनेर हेर्न पनि महत्त्वपूर्ण हुन्छ ।

यलले निको हुने प्रक्रियालाई थप छिटो बनाएर प्रेरित गर्न सक्छ । त्यसैले डिप्रेसनबाट निको भइरहेका मानिसमा विभिन्न परिवर्तन देखापर्न सक्छ । सजिलै रिसाउनु वा निराश हुनु नै डिप्रेसनको अर्को सङ्केत हो । डिप्रेसनबाट निको हुन लागेको मानिस सकारात्मक सोच्ने, नरिसाउने, अरूको कुरा बुझ्ने र छिट्टै प्रतिक्रिया नदेखाउने हुन्छ ।

डिप्रेसनबाट निको हँुदा विभिन्न गतिविधिमा चासो विकास गर्ने सम्भावना बढी हुन्छ । केही इच्छा पूरा गर्ने, साथी वा परिवारसँग घुम्न जाने, रमाइलो गतिविधि र साहसिक कार्य गर्न रुचाइन्छ । डिप्रेसनले गम्भीर अवस्थामा एक्लोपन निम्त्याउन सक्छ । एक व्यक्ति एक्लै मात्र बस्न बढी सहज महसुस गर्छ ।

डिप्रेसनसँग लड्ने निर्णय गरेमा, आफँैले मानिससामु खुलस्त कुराकानी गर्न तथा सामजिक हुन थालेको महसुस हुन्छ । डिप्रेसनबाट निको हुनुको अर्थ सामान्य स्थितिमा फर्कनु र दैनिक क्रियाकलापमा व्यस्त हुन थाल्नु हो, जसमा अफिसको वा अन्य काम समावेश हुनसक्छ । डिप्रेसनले एक मानिसलाई धेरै कुराबाट वञ्चित गर्न सक्छ ।

तीमध्ये व्यक्तिगत स्वच्छता पनि एक हो । जसकारण डिप्रेसन भएको मानिस आफैँ र आफ्नो वरपरको हेरचाह गर्न छोड्न सक्छ । तर, एकचोटि आफ्नो आत्ममूल्य बुझेको खण्डमा मानिसले आफ्नो स्वास्थ्य र वरपरको वातावरणको पनि हेरचाह गर्न थाल्छ । दुःख, चिन्ता र डिप्रेसनले मानसिक र शारीरिक गतिविधिमा असर गर्न सक्छ ।

यसले एक मानिसलाई अल्छी बनाएर जीवनशैलीमा समेत परिवर्तन ल्याउन सक्छ । डिप्रेसन भएको बेलामा खाना पकाउनबाट जोगिनका लागि बाहिरबाट खाना अर्डर गर्ने वा बचेको खाना खाने सम्भावना बढी हुन्छ । यसले स्वास्थ्यमा नकारात्मक असर पार्छ । तर, एकपटक डिप्रेसनबाट निस्किँदा तथा स्वस्थ हुन थालेपछि अचानक परिवर्तन देखिने हुनसक्छ ।

आफैँ खाना बनाउने र स्वस्थ खानाका बारेमा बढी उत्साहित भएमा डिप्रेसनबाट निको भइरहेको बुझिन्छ ।

jackson ribon