birat ribon

आजदेखि नेपालमा खोप अभियानको दोस्रो चरण, कर्मचारी र पत्रकार प्राथमिकतामा

Neuro
आजदेखि नेपालमा खोप अभियानको दोस्रो चरण, कर्मचारी र पत्रकार प्राथमिकतामा

विराटनगर / आजदेखि नेपालमा खोप अभियान दोस्रो चरणमा प्रवेश गरेको छ ।

Padelux insider
cura insider

पहिलो चरणमा स्वास्थ्यकर्मीदेखि कोरोना भाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्त्तिमा खटिएकाहरूलाई खोप लगाइएको थियो । स्वास्थ्य मन्त्रालयको योजनाअनुसार खोप अभियानको दोस्रो चरणमा भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी तथा धेरै मानिससँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकालाई खोप लगाइने छ ।

कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बैङ्क, स्थानीय निकाय, खानेपानी तथा विद्युत कार्यालय, मालपोत तथा नापी कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीलाई लक्षित गरेर सोमबारदेखि खोप लगाइने बताएका हुन् । दोस्रो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना छ ।

उनका अनुसार दोस्रो चरण सकिएपछि फागुनको दोस्रो साताबाट सुरु हुने भनिएको अर्को चरणबाट उमेर समूहका आधारमा मानिसहरूलाई खोप दिन थालिने छ । अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको तथा भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि १४ माघदेखि नेपालमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

११ दिनसम्ममा देशभरिका एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिबार सम्पन्न भएको थियो ।

jackson ribon