birat ribon

निराशाजनक नतिजापछि दक्षिण अफ्रिकामा खोप लगाउन रोकियो

Neuro
निराशाजनक नतिजापछि दक्षिण अफ्रिकामा खोप लगाउन रोकियो

विराटनगर / दक्षिण अफ्रिकामा कोरोना भाइरसविरुद्ध अक्सफोर्ड एस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकिएको छ । एक अध्ययनले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध उक्त खोपको नतिजा निराशाजनक देखाएपछि सरकारले खोपको प्रयोगलाई नै रोकेको हो ।

Padelux insider
cura insider

दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकारको भाइरसबाट प्रभावित रहेको पाइएको छ । अघिल्लो सातादेखि खोप लगाउन सुरु गरेको दक्षिण अफ्रिकाले खोपको १० लाख मात्रा प्राप्त गरिसकेको छ ।

करिब दुई हजार मानिसमा गरिएको अध्ययनले अक्सफोर्डको खोपले नयाँ प्रकारको कोभिडका हल्का तथा मध्यम बिरामीलाई नगन्य सुरक्षा दिएको देखाएको छ । अध्ययनको नेतृत्व गरेका प्राध्यापक शाबिर माधीले अक्सफोर्ड एस्ट्राजेनेकाको खोपले हल्का तथा मध्यम प्रकारका बिमारीमा काम नगर्ने बताएका हुन् ।

तर, अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टका अनुसार उक्त खोपले गम्भीर बिमारीलाई सुरक्षा दिनसक्छ । उक्त अध्ययनमा गम्भीर सङ्क्रमणलाई खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय हेरिएको थिएन । अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेको थियो जसकारण गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई यसले प्रतिनिधित्व गरेको छैन ।

दक्षिण अफ्रिकामा देखिएको भाइरसको नयाँ प्रकारलाई रोक्न नयाँ खोपमा काम भइरहेको छ ।

jackson ribon