birat ribon

विस्तारै बढ्दै तापक्रम

Neuro
विस्तारै बढ्दै तापक्रम

विराटनगर / नेपालमा अब तापक्रम विस्तारै बढ्दै जान थालेको छ । सोमबार (आज) बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

Padelux insider
cura insider

नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार र शनिवार देशका विभिन्न स्थानमा भएको वर्षा र हिमपातपछि देशभरको मौसम खुल्दै गएको हो ।

मौसम सफा भएसँगै तापक्रममा वृद्धि भएकाले अब गर्मी पनि बढ्ने अनुमान मौसमविद्हरुले गरेका छन् । यसअघि अत्याधिक चिसो बढेको थियो । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसोको मौसम खुले पनि बिहान र रातको समयमा अझै केही समय चिसो रहिरहने मौसमविद्हरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो। आज दिउँसो काठमाडौंको तापक्रम बढेर १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

jackson ribon