birat ribon

भारतमा हिमनदी फुटेर बेपत्ता भएका सात जनाको शव भेटियो, एक सय २५ जना अझै बेपत्ता

Neuro
भारतमा हिमनदी फुटेर बेपत्ता भएका सात जनाको शव भेटियो, एक सय २५ जना अझै बेपत्ता

विराटनगर / भारतको उत्तराखण्डमा हिमनदी फुटेपछि गएको बाढीमा परेर बेपत्ता भएकामध्ये सात जनाको शव भेटिएको छ ।

Padelux insider
cura insider

कम्तीमा एक सय २५ जना अझै बेपत्ता रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ । हालसम्म बेपत्ता भएकामध्ये सात जनाको मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

भारतको चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिम बढेको छ । जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढी प्रभावित भएका छन् ।

यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएको इन्डियन एक्सप्रेसले जनाएको छ। तपोवनको नौ सय मिटर लामो सुरुङ्गमा उद्धारकार्य आइतबार रातभर पनि जारी रहेको उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले बताए ।

राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गरेर सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिएका छन् । उद्धारमा भारतीय सेना पनि सामेल छ । उनले उद्धारमा सहभागी सबैलाई धन्यवाद दिँदै उद्धारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै गंगा नदीको किनारका बासिन्दाहरुलाई पनि सचेत पारिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थामा आफ्नो निगरानी रहेको र पूरा देशको साथ उत्तराखण्डलाई रहेको बताएका छन्।

jackson ribon