birat ribon

महिलामाथि दुर्व्यवहार गर्ने टेलिकमका अधिकृत विराटनगरबाट पक्राउ

Neuro
महिलामाथि दुर्व्यवहार गर्ने टेलिकमका अधिकृत विराटनगरबाट पक्राउ

विराटनगर / एक महिलामाथि सार्वजनिक स्थलमा अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको घटनामा संलग्न नेपाल टेलिकमका सहायक अधिकृतलाई प्रहरीले आइतबार राति विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

Padelux insider
cura insider

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाल रहेका छन् । दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि पक्राउ गर्न खटिएको प्रहरी टोलीले उनलाई घरैबाट नियन्त्रणमा लिएको हो । कटुवाल टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् ।

घटना अनुसार आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर महिला घरतर्फ फर्कदै थिइन् । त्यही बेला मोटरसाइकलमा रहेका उनले बाटो छेकेर सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको जानकारी प्रहरीले दिएको छ । घटनास्थल विराटनगरको बरगाछी आसपासमा रहेको प्रहरीले जनाएको छ ।

आफ्नो काममा रहेकी महिलामाथि अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको पाइएपछि कटुवाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

पीडित महिलाले साँझ घटना विवरण खुलाएर उजुरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी खड्काले बताए । कटुवालले यसअघि पनि ति महिलामाथि विभिन्न गालीगलौज र दुर्व्यवहार गर्ने गरेको पाइएको छ । बारम्बार घटना दोहोरिन थालेपछि प्रहरीमा उजरी परेको हो ।

पछिल्लो पटक सार्वजनिक स्थलमा महिलामाथि अश्लिल गालीगलौज गर्दै दुर्व्यवहार गरेको स्थानीय बासिन्दाले पनि देखेको प्रहरीले जनाएको छ । कटुवालविरुद्ध कारबाही अघि बढाउन थप कुरा बुझ्ने काम भइरहेको एसपी खड्काले बताए ।

jackson ribon