birat ribon

चेल्सीको जित

Neuro
चेल्सीको जित

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार राति चेल्सीले शेफिल्ड युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

शेफिल्डको मैदानमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । ४३औँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

५४औँ मिनेटमा चेल्सीका एन्टोनियो रुडिगेरले आत्मघाती गोल गरेपछि घरेलु टोली बराबरीमा फर्कियो । तर, ५८औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–१ गोलले जिताए ।

जितसँगै पाँचौँ स्थानको चेल्सीले २३ खेलमा ३९ अङ्क जोड्यो । शेफिल्ड भने ११ अङ्कका साथ पुछारमा छ ।

jackson ribon