birat ribon

गरिबी सूचकाङ्कमा लक्ष्यभन्दा बढी प्रगति

Neuro
गरिबी सूचकाङ्कमा लक्ष्यभन्दा बढी प्रगति

विराटनगर / गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ ।

Padelux insider
cura insider

सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा २८.६ प्रतिशतमा झरेर लक्ष्यभन्दा बढी प्रगति गरेको छ । नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको आइतबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा जानकारी दिइएको हो ।

दिगो विकास लक्ष्य प्रगति समीक्षा, २०१६।२०१९ प्रतिवेदन र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका, २०२० सार्वजनिक गर्न आयोजित त्यस कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले हालसम्म दिगो विकास लक्ष्यको प्रगति मिश्रित रहेको जानकारी दिए ।
प्रतिदिन १.९० डलर (पीपीपी मूल्य) आयभन्दा मुनि रहेको नेपालको जनसङ्ख्या सन् २०१५ मा ३६ प्रतिशत रहेकोमा अहिले (२०१९) १५ प्रतिशतमा झरेको छ ।

जुन २०१९ को लक्ष्य २८.२ प्रतिशतभन्दा धेरै प्रगति हो । यो दरलाई २०३० सम्ममा आठ प्रतिशतमा झार्ने लक्ष्य छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon