birat ribon

बलात्कारपछि १७ जनाको हत्या, प्रदेश १ मा बलात्कार घटना धेरै

Neuro
बलात्कारपछि १७ जनाको हत्या, प्रदेश १ मा बलात्कार घटना धेरै

विराटनगर / नेपालमा पछिल्लो चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार २०७४ सालयता बलात्कारका घटना सात हजार एक सय ७० वटा भएका छन् । बलात्कारबाट पीडित बनेका महिला तथा बालिका गरेर १७ जना मारिएका छन् । ०७०।७१ मा मुलुकभर बलात्कारका नौ सय पाँच वटा घटना भएका थिए। ०७६।७७ सम्म आइपुग्दा दुई गुणा बढेर दुई हजार एक सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

cura insider

प्रदेश १ मा बढी घटना भएको देखिन्छ। ०७४।७५ मा तीन सय ४८, ०७५।७६ मा पाँच सय ४८, ०७६।७७ मा चार सय ८५ र ०७७।७८ को पुससम्म तीन सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ।

प्रहरी मुख्यालयका अनुसार ०७४।७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। ०७५।७६ मा एक सय ७१, ०७६।७७ मा दुई सय एक र ०७७।७८ को पुससम्म एक सय २३ वटा घटना भएको देखिन्छ।

प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले संख्यात्मक रूपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताए। ‘०७४ देखि ७६ सम्म आइपुग्दा बलात्कार घटना केही हदसम्म कमी हुँदै आएको देखिन्छ’, प्रवक्ता कुँवरले भने, ‘बेला–बेला हुने क्रूर हत्याका घटनामा प्रहरी संवेदनशील छ।’ अन्नपूर्ण पोस्ट्मा समाचार छ

jackson ribon