birat ribon

पिएसजीले मार्सेलीलाई उसैको मैदानमा हरायो

Neuro
पिएसजीले मार्सेलीलाई उसैको मैदानमा हरायो

विराटनगर / फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खास प्रतिद्वन्द्वी मार्सेलीलाई हराएको छ । आइतबार पिएसजीले मार्सेलीलाई उसैको मैदानमा २–० गोलले हराएको हो ।

Padelux insider
cura insider

पिएसजीको जितमा किलियन एम्बाप्पे र माउरो इकार्डीले समान एक–एक गोल गरेका थिए । खेलको नवौँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२४औँ मिनेटमा इकार्डीले गोल गरेपछि पिएसजीले २–० गोलको जित निकालेको हो । ९०औँ मिनेटमा डिमिट्री पायटले रातो कार्ड पाएपछि मार्सेली दस खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै तेस्रो स्थानको पिएसजीले २४ खेलमा ५१ अङ्क जोडेको छ । मार्सेली भने ३३ अङ्कका साथ नवौँ स्थानमा छ । उसले २२ खेल खेलेको छ ।

jackson ribon