birat ribon

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या कम हुँदै

Neuro
विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या कम हुँदै

विराटनगर / एक वर्षअघि चीनको वुहानबाट फैलिएर महामारीको रुप लिएको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वमा कम हुँदै गइरहेको छ ।

Padelux insider
cura insider

चीनमा पहिलो पटक कोरोना भाइरस फेला परेको थियो । त्यहाँबाट फैलिएको सङ्क्रमणले विश्वको सबै क्षेत्र तहसनहस बनायो । विश्वमा हालसम्म कोरोनाका कारण २३ लाख २६ हजार सात सय १७ जनाको मृत्यु हुने भइसकेको छ। अझै पनि कोरोनाका कारण दैनिक मृत्यु हुने क्रम रोकिएको छैन ।

विश्वमा दैनिक १० हजार बढीको मृत्यु कोरोनाका कारण भइरहेको थियो । तर पछिल्लो समय यो क्रम घट्दै गइरहेको छ । विभिन्न मुलुकले कोरोनाविरुद्धको खोपको विकास गर्दै प्रयोगमा पनि ल्याइरहेका छन् । सङ्क्रमण नियन्त्रणका लागि विभिन्न प्रयास पनि गरिए । लामो समयदेखिको प्रयासपछि कोरोनाविरुद्धको खोपको विकास भएर त्यसले प्रभावकारी काम गर्दा सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या कम हुँदै गएको अनुमान गर्न थालिएको छ ।

दैनिक १० हजार बढीको मृत्यु भइरहेकोमा पछिल्लो २४ घण्टाभित्र सात हजार सात सय ४० जनाको मात्रै मृत्यु भएको छ । विश्वमा दैनिक भेटिने सङ्क्रमित सङ्ख्या पनि निक्कै कम हुँदै गइरहेको छ । स्वास्थ्य सम्बन्धी विभिन्न मापदण्ड तयार पार्दै त्यही अनुरुप सावधानी अपनाउन थाल्दा सङ्क्रमण कम हुँदै गइरहेको अनुमान गरिएको छ ।

विश्वमा दैनिक पाँच लाख बढीमा कोरोना पुष्टि हुने गरेको थियो । तर पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख ४१ हजार तीन सय ४३ जना मात्रै सङ्क्रमित भेटिएका छन् । हालसम्म विश्वमा १० करोड ६६ लाख ७१ हजार ८४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये सात करोड ८५ लाख सात हजार एक सय सात जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । हाल दुई करोड ५८ लाख ३७ हजार दुई सय ६० जना सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख चार हजार दुई सय ५७ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटर्सले जनाएको छ ।

अमेरिका कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो समय अमेरिकामा सङ्क्रमण पुष्टि हुने क्रम पनि कम हुँदै गइरहेको छ । आफूलाई विश्वकै शक्तिसाली दाबी गर्ने अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार तीन सय नौ जना सङ्क्रमितको मृत्यु भएको छ । यसअघि अमेरिकामा एक दिनमा दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । हालसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु भएको सङ्ख्या चार लाख ७४ हजार आठ सय ८४ पुगेको छ ।

एकै दिन अमेरिकामा ८६ हजार तीन सय ६४ जना नयाँ बिरामी थपिए । अमेरिकामा दैनिक एक लाख बढीलाई सङ्क्रमण पुष्टि भइरहेकोमा यो सङ्ख्या कम हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । अमेरिकामा हालसम्म दुई करोड ७६ लाख छ हजार आठ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये एक करोड ७३ लाख ४१ हजार छ सय ५१ जना उपचारपछि निको भएका छन् । ९७ लाख ९० हजार तीन सय ६१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये २२ हजार तीन सय ९३ जनाको अवस्था गम्भीर छ । अमेरिकामा यसअघि अवस्था गम्भीर रहेका सङ्क्रमितको सङ्ख्या तीस हजार हाराहारीमा थियो ।

छिमेकी मुलुक भारतमा केही समयअघि देखिनै कोरोना नियन्त्रणउन्मुख छ । नेपाल सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमा नाका सिल गरेर आवतजावत बन्द गरेको थियो । अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो । तर नाका सिल गरिएको अवस्थामा पनि खुला सीमानाका कारण हुने अवैध आवतजावतका कारण भारतबाटै नेपालमा कोरोना फैलिएको अनुमान गरिएको छ ।

भारतमा यसअघि दैनिक एक हजार बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । दैनिक ५० हजार बढीमा सङ्क्रमण देखिने गरेको थियो । तर पछिल्लो २४ घण्टामा ८६ जना सङ्क्रमितको मात्रै मृत्यु भएको छ । हालसम्म भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ ।

भारतमा दैनिक ५० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा केही समययता दैनिक कोरोना देखिनेको सङ्ख्या १५ हजार कट्न सकेको छैन । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार छ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड आठ लाख ३८ हजार आठ सय ४३ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड पाँच लाख ३३ हजार ७६ जना उपचारपछि निको भएका छन् । एक लाख ५० हजार छ सय ५३ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पनि सङ्क्रमण नियन्त्रणउन्मुख छ । दैनिक एक हजार बढीको मृत्यु हुने ब्राजिलमा अहिले त्यो सङ्ख्या निक्कै कम भएर गएको छ । दैनिक ५० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । ब्राजिलमा पछिल्लो २४ घण्टामा चार सय ९२ जना सङ्क्रमितको मृत्यु भयो ।

हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ३१ हजार पाँच सय ६१ पुगेको छ । एकै दिन २६ हजार आठ सय ४५ जना नयाँ बिरामी थपिए । हालसम्म ब्राजिलमा ९५ लाख २४ हजार छ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ८३ लाख ९७ हजार एक सय ८७ जनाको सफल उपचार भइसकेको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । आठ लाख ९५ हजार आठ सय ९२ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

रसियामा एकै दिन चार सय ३२ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ७६ हजार छ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ४८ जना नयाँ बिरामी थपिए । हालसम्म रसियामा ३९ लाख ६७ हजार दुई सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ । रसियामा पनि कोरोना सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको तथ्याङ्कले देखाउँछ ।

सङ्क्रमितमध्ये ३४ लाख ५६ हजार दुई सय १० जना उपचारपछि निको भएर घर फर्किएका छन् । चार लाख ३४ हजार चार सय १० जनाको उपचार जारी छ । उपचाररतमध्ये दुई हजार तीन सय जनाको अवस्था गम्भीर छ । रसिया कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै चौथो नम्बरमा रहेको मुलुक हो ।

पछिल्लो समय तीव्र रुपमा कोरोना फैलिइरहेको बेलायतमा पनि सङ्क्रमण नियन्त्रण हुने क्रममा छ । पछिल्लो २४ घण्टामा तीन सय ७३ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार चार सय ६५ पुगेको छ । एकै दिन १५ हजार आठ सय ४८ जना बिरामी थपिएपछि हालसम्म सङ्क्रमण पुष्टि भएको सङ्ख्या ३९ लाख ४५ हजार छ सय ८० पुगेको छ ।

बेलायतमा सङ्क्रमण पुष्टि भएकामध्ये १९ लाख १५ हजार छ सय २९ जना उपचारपछि निको भएका छन् । १९ लाख १७ हजार पाँच सय ८६ जनाको उपचार भइरहेकोमा तीन हजार पाँच सय पाँच जनाको अवस्था चिन्ताजनक छ । बेलायत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पाँचौं नम्बरमा रहेको मुलुक हो ।

jackson ribon