birat ribon

लिभरपुलको मैदानमा सिटीको शानदार जित, बनायो पाँच अङ्कको अग्रता

Neuro
लिभरपुलको मैदानमा सिटीको शानदार जित, बनायो पाँच अङ्कको अग्रता

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा साविकको विजेता लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । आइतबार राति लिभरपुल आफ्नै मैदान एन्फिल्डमा सिटीसँग ४–१ गोलले स्तब्ध भएको हो ।

Padelux insider
cura insider

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४९औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

Image

७३औँ मिनेटमा गुन्डोगानले दोस्रो गोल गर्दै पुनः सिटीलाई अग्रता दिलाए । ७६औँ मिनेटमा रहीम स्टर्लिङ र ८३औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ४–१ गोलान्तरले जिताए ।

जितसँगै शीर्ष स्थानको सिटीले २२ खेलमा ५० अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अङ्कले अगाडि छ । २३ खेल खेलेको युनाइटेडसँग ४५ अङ्क छ ।

लिभरपुल भने ४० अङ्कसहित चौथो स्थानमा छ ।

jackson ribon