birat ribon

रियललाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा

Neuro
रियललाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा

विराटनगर / स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसमाथि साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बेटिसलाई उसैको मैदानमा ३–२ गोलले हराएको हो ।

बेनिटो भिल्लामारिनमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले समान एक–एक गोल गरे । बार्सिलोनाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

cura insider

बेटिसका लागि भने बोर्जा इग्लेसिस र भिक्टर रुइजले एक–एक गोल गरे ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । ३८औँ मिनेटमा इग्लेसिसले गोल गर्दै बेटिसलाई सुरुआती अग्रता दिलाए ।

खेलको ५९औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए । मेस्सीले मैदान प्रवेश गरेकाे दुई मिनेटमा नै गोल गरेका थिए ।

Image

६८औँ मिनेटमा बेटिसका रुइजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो । रुइजले नै ७५औँ मिनेटमा गोल गर्दै बेटिसलाई बराबरीमा फर्काएका थिए ।

खेल सकिन तीन मिनेट बाँकी छँदा ट्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३–२ गोलले जिताए ।

यससँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । उसले साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थान कब्जा गरेको हो । बार्सिलोनाले २१ खेलमा ४३ अङ्क बनाएको छ ।

समान ४३ अङ्क भएको रियल तेस्रो स्थानमा छ । रियल गोलान्तरको आधारमा पछि परेको हो । बेटिस भने ३० अङ्कका साथ सातौँ स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

ला लिगाको शीर्ष स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । १९ खेल खेलेको एथ्लेटिकोसँग ५० अङ्क छ ।

Image

jackson ribon