birat ribon

इन्टरलाई उछिन्दै मिलान शीर्ष स्थानमा

Neuro
इन्टरलाई उछिन्दै मिलान शीर्ष स्थानमा

विराटनगर / एसी मिलान इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति क्रोटोनमाथि ४–० गोलको शानदार जित निकाल्दै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

Padelux insider
cura insider

सान सिरोमा मिलानलाई जिताउन ज्लाटान इब्राहिमोभिक र एन्टे रेबिकले समान दुई–दुई गोल गरे । खेलको ३०औँ मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ६४औँ मिनेटमा इब्राहिमोभिकले दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

६९औँ मिनेटमा रेबिकले गोल गर्दै मिलानको अग्रता तेब्बर बनाए । त्यसको एक मिनेट नबित्दै रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४–० गोलको शानदार जित दिलाए ।

जितसँगै मिलानले इन्टर मिलानलाई उछिन्दै शीर्ष स्थान कब्जा गरेको हो । उसले २१ खेलमा ४९ अङ्क जोडेको छ । समान खेल खेलेको इन्टरसँग ४७ अङ्क छ । क्रोटोन भने १२ अङ्कका साथ पुछारमा छ ।

jackson ribon