काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन गरेका छन् ।
रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका ओलीले आइतबार केन्द्रको अवलोकन गरेका हुन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ ।
राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो ।