birat ribon

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीले थाल्यो प्रशिक्षण

Neuro
त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीले थाल्यो प्रशिक्षण

काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालेका हुन् ।

Padelux insider
cura insider

एक साताअघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले ३२ नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो । तथापि आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक शृङ्खला खेल्दै छन् ।

विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली क्रिकेट तालिकाअनुसार अगाडि बढ्न सकेको थिएन । ओमानमा हुने शृङ्खलालाई लक्ष्ति गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताए ।

पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको भन्दै प्रशिक्षक डेभ वाटमोरले नेपाली टोलीमा जोश–जाँगर भएका युवा खेलाडी भएकाले राम्रो नतिजा निकाल्न सक्ने थपे ।

यस्तै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएका पृथु बाँस्कोटा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश भएका छन् । पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रारम्भिक टोलीमा समावेश भएका हुन् । करिब चार वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका पृथुले राम्रो खेलेर टोलीमा अटाउन प्रयास गर्ने बताए ।

घोषणा भएका ३२ खेलाडी मध्येका शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंश ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिनपछि जोडिने छन् ।

jackson ribon