birat ribon

मारवाडी प्रिमियर लिग फागुन ५ गतेदेखि

Neuro
मारवाडी प्रिमियर लिग फागुन ५ गतेदेखि

विराटनगर / आठौँ संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) फागुन ५ गतेदेखि सुरु हुने भएको छ । विराटनगर–२ स्थित शङ्करपुर मैदानमा हुने प्रतियोगितामा पाँच टोली सहभागी हुँदै छन् ।

Padelux insider
cura insider

कोरोना महामारीका कारण एक महिनापछि धकेलिएको एमपिएल अन्ततः फागुन ८ गतेसम्म हुनेछ ।

आन्नद इँटा मुख्य प्रायोजक रहेको प्रतियोगितामा केएसबी रोयल्स्, प्रिमियर एलेभन
विराटनगर, महालक्ष्मी एलेभन, पर्शुराम वारियर्स र सोनी रोयल्स् सहभागी हुँदै छन् ।
दश वटा लिग खेल र लिग खेलमा टोलीले पाएका अङ्कका आधारमा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद ४० हजार पुरस्कार पाउनेछ । साथै, दोस्रो हुने टोलीले १५ हजार नगरसहित ट्रफी प्राप्त गर्नेछ ।

यस्तै, हरेक खेलका म्यान अफ द म्याच र म्यान अफ द सिरिजले पनि नगदसहित ट्रफी पाउनेछन् । यीबाहेक प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, बलर, उदीयमान खेलाडीलाई नगद र ट्रफीसहित सम्मानित गरिनेछ भने प्रतियोगिताभरिकै अनुशासित टोलीले ट्रफी पाउनेछ ।

मारवाडी समुदायका युवाहरूबीच खेलकुदप्रति अभिरुचि जगाइराख्न एमपिएल आयोजना गरिएको लिग आयोजक समितिका अध्यक्ष अभिषेक केडियाले बताए ।

अन्य संस्करणभन्दा यसपटकको एमपिएलमा हरेक टोलीसँग प्रशिक्षक हुने भएकाले खेलको स्तर बढ्ने र प्रतियोगिता झनै प्रतिस्पर्धात्मक हुने लिगका संयोजक मनीष अग्रवालले बताए ।

jackson ribon