birat ribon

उत्तराखण्डको हिमनदीमा बाढी आउँदा नौ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

Neuro
उत्तराखण्डको हिमनदीमा बाढी आउँदा नौ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

विराटनगर ÷ भारतको उत्तराखण्डको एउटा हिमनदीमा बाढी आउँदा बाँध भत्कँदा नौ जनाको मृत्यु भएको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको र दर्जनौँ बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् । हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

cura insider

कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । रासस

jackson ribon