birat ribon

अविश्वासको प्रस्तावसँग डरायो सरकार

Neuro
अविश्वासको प्रस्तावसँग डरायो सरकार

विराटनगर / अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रस्तावसँग डराएको बताएको छ । आइतबारको बैठक प्रस्तावबाट डराएकै कारण अवरुद्ध गरेको प्रचण्ड–माधव समूहको आरोप छ ।

Padelux insider
cura insider

आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते सत्तारुढ दलकै प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची थियो । सातौँ हिउँदे अधिवेशन गत माघ ७ गते बसेर स्थगित भएको थियो । आइतबार सभामुखले बैठक सुरु गर्नेबित्तिकै सत्तारुढ दलको ओली समूहले अवरुद्ध गर्‍यो । सरकार पक्षले नै अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी सभामुखले बैठक स्थगित गरे ।

बैठकअघि कारबाहीमा परेकालाई बैठकमा प्रवेश गर्न दिन नमिल्ने ओली समूहको अडान थियो । सुरुमा सूचना टाँस गरी बैठक स्थगित गर्नुपर्ने ओली समूहले माग राख्यो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र प्रचण्ड–माधव समूहले मानेन । त्यसपछि ओली समूहले कारबाहीमा परेका १६ जना सदस्यलाई प्रवेश गर्न नदिने अडान राख्यो । कार्यव्यवस्था परामर्श समितिको बैठकअघि ओली समूह र प्रचण्ड–माधव समूह छलफलमा बसे ।

छलफलका क्रममा १–२ दिन सूचना निकालेर बैठक स्थगित गर्न आग्रह गरे । प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव टेबलपछि बैठक राखौँ रोकौँ भने । तर, ओली समूह तयार भएन ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा ओली समूहले बैठक सञ्चालन गर्ने हुँदा आफ्नो समूहले कारबाही गरेका १६ जनालाई कुनै हालतमा प्रवेश नदिने अडान राखेका थिए ।

काङग्रेस प्रमुख सचेतक केदार कार्कीले सरकार र सभामुखको साँठगाँठले बैठक स्थगित भएको बताए ।

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारबाहीमा परेका सदस्यलाई बैठकमा बस्न दिएपछि बैठक अवरुद्ध गरेको बताए । उनले दुई सातापछिका लागि बोलाइएको बैठकलाई पनि अवरोध गर्ने उनले बताए । पार्टी विभाजनले आधिकारिकता नपाएसम्म कारबाहीमा परेका सांसदलाई प्रवेश गर्न दिए अवरोध गर्ने रणनीति रहेको उनले बताए ।

jackson ribon