birat ribon

टोटनह्यामको पुनरागमन जित

Neuro
टोटनह्यामको पुनरागमन जित

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले पुनरागमन जित निकालेको छ । पछिल्ला तीन खेलमा पराजित रहेको टोटनह्यामले आइतबार भएको खेलमा वेस्ट ब्रोममाथि २–० गोलको जित निकालेको हो ।

टोटनह्यामको मैदानमा घरेलु टोलीलाई जिताउन कप्तान ह्यारी केन र सन् हिउङ–मिनले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाए ।

cura insider

त्यसको चार मिनेट नबित्दै हिउङ–मिनले गोल गर्दै टोटनह्यामलाई २–० गोलले जिताए ।

यससँगै टोटनह्याम २२ खेलमा ३७ अङ्क जोड्दै सातौँ स्थानमा उक्लिएको छ । वेस्ट ब्रोम भने १९औँ स्थानमा छ । २३ खेल खेलेको ब्रोमसँग १२ अङ्क छ ।

jackson ribon