birat ribon

नेपालको एकीकरण अभियानमा योगदान पुर्‍याउनेलाई सलाम : प्रधानमन्त्री ओली

Neuro
नेपालको एकीकरण अभियानमा योगदान पुर्‍याउनेलाई सलाम : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार नेपाली सेनालेसैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उनले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।’

उनले पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताए । राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्ने बताउँदै पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताए ।

नेपालको एकीकरणको अभियानमा योगदान पुर्‍याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस्,’ उनले भने ।

राष्ट्र बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएको उल्लेख गर्दै उनले इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्ने बताए । रासस

jackson ribon