birat ribon

ओली नेतृत्वको नेकपा आधिकारिक : मन्त्री नेम्वाङ

Neuro
ओली नेतृत्वको नेकपा आधिकारिक : मन्त्री नेम्वाङ

पर्वत / भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आधिकारिक भएको बताएका छन् । आइतबार कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न उनले आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उनले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए । रासस

jackson ribon