birat ribon

कोरोना भाइरसको नयाँ रूपविरुद्ध खोप चाँडै आउँदै

Neuro
कोरोना भाइरसको नयाँ रूपविरुद्ध खोप चाँडै आउँदै

विराटनगर / फाइनान्सियल टाइम्समा प्रकाशित समाचारअनुसार दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकारले निम्त्याउने हल्का र मध्यम प्रकारको रोगमा एस्ट्राजेनेकाको खोपले सीमित काम गर्ने प्रारम्भिक परीक्षणमा पत्ता लागेको छ । अन्य खोपले झैँ समानरूपमा एन्टिबडीहरू सिर्जना गर्ने हुँदा कम्पनीले गम्भीर अवस्थामा उक्त खोपले सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

Padelux insider
cura insider

तर, कम्पनीले आफूले उत्पादन गरेको खोपले अत्यधिक सङ्क्रामक कोरोना भाइरसको नयाँ प्रकारले निम्त्याउने थुप्रै रोगको नियन्त्रण गर्न सक्छ भनेर पूर्ण रूपमा निर्धारित नगरेको समेत जानकारी गराएको छ । दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ प्रकार बेलायतमा सयभन्दा बढी व्यक्तिमा देखिएको छ । उक्त अनुसन्धान भने दुई हजारभन्दा बढीमा गरिएको थियो ।

एस्ट्राजेनेकाका प्रवक्ताका अनुसार दक्षिण अफ्रिकाको भेरियन्टले निम्त्याएको गम्भीर रोग र अस्पताल भर्ना गर्नुपर्ने स्थितिमा खोपले काम गर्ने–नगर्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन । अनुसन्धानमा युवा र स्वस्थ व्यक्तिहरूको संलग्नता भएका कारण यसबारे पूर्ण जानकारी प्राप्त गर्न नसकिएको उनको भनाइ छ ।

अक्सफोर्ड युनिभर्सिटीकी सारा गिलबर्टले अनुसन्धानकर्ताहरूले दक्षिण अफ्रिकामा देखिएको भाइरसको नयाँ प्रकारलाई रोक्न नयाँ खोपमा काम गरिसकेको बताएकी छन् । कोरोना भाइरसका भ्याक्सिनलाई नयाँ स्वरुपसँगै परिवर्तन गर्नुपरेको खण्डमा आफूहरूले एस्ट्राजेनेकासँग काम गरिरहेको युनिभर्सिटी अफ अक्सफोर्डले रोयटर्सलाई जानकारी दिएको छ ।

कोरोना भाइरसको नयाँ प्रकारलाई नष्ट गर्ने नयाँ खोप शरद ऋतुमा उपलब्ध हुने बताइएको छ ।

jackson ribon