काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा पुलिस वालिङ नगरपालिकासँग १–० गोलले स्तब्ध भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जिताउन विदेशी खेलाडी मेथोले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको ५८औँ मिनेटमा मेथोले गोल गर्दै वालिङलाई जिताइन् ।
यससँगै वालिङले ११ अङ्क जोडेको छ । वालिङ तेस्रो स्थानमा उक्लिएकाे छ । पुलिससँग भने आठ अङ्कसहित पाँचाैँ स्थानमा झरेकाे छ ।