birat ribon

अनेरास्ववियुले लेख्यो प्रधानमन्त्रीलाई विरोधपत्र

Neuro
अनेरास्ववियुले लेख्यो प्रधानमन्त्रीलाई विरोधपत्र

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र लेखेको छ ।

Padelux insider
cura insider

आइतबार अनेरास्ववियुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिएको भन्दै पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियुले हनुमानथानस्थित सडकमा नाराबाजी तथा प्रदर्शनसमेत गरेको थियो ।

अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रर्दशन गरिने सहसंयोजक तामाङले बताए । अनेरास्ववियुले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

jackson ribon