birat ribon

केवापा अर्थात् पानी पार्ने जन्तु, ट्याङट्याङे

Neuro
केवापा अर्थात् पानी पार्ने जन्तु, ट्याङट्याङे

वरिपरि अग्ला डाँडाकाँडा भए पनि पूर्वतिर कावाखोलाको विशाल उपत्यका देखिन्थ्यो । बिहानै (२०५६ असोज ११) उठेर बाहिरी संसार हेर्दा आफू कता हो नयाँ संसारमा भएझैँ लाग्यो ।

Padelux insider
cura insider

बेँसी मलिलो भएकाले उपत्यका धानखेतीले टम्म ढाकिएको थियो । छयाङ्खोला पनि कावाखोलाजत्तिकै छ । यो पिखुवा खोलासँग मिलेर अरूण नदीमा मिसिन्छ । कावाखोला माछाको लागि पनि प्रसिद्ध ठाउँ हो ।

मैले घरमूली दाइलाई निर्जुलाले भनेको उडुवा छेपारोबारे सोधेँ । उहाँले त्यस्तो जन्तु देख्नुभएको रहेनछ । त्यो घर नाति–केटाकै भएकाले उसलाई त्यहीँ छाडी हामी दुई (केदार दाइ र म) चुम्लुङतर्फ फर्क्यौँ ।

त्यस क्षेत्रमा स्थानीय भाषामा ट्याङट्याङे पाहा भनिने विशेष प्रकारको भ्यागुता पाइँदो रहेछ । कराउँदा ट्याङट्याङ आवाज सुनिने भएकाले यसलाई ट्याङट्याङे पाहा भनिएको रहेछ ।

हामी फेरि पसलभञ्ज्याङ गयौँ । त्यहाँबाट बिस्तारै राँकेभन्ज्याङ भएर भीमाचोकतर्फ आउँदा अघिल्लो दिन कुरा गरेको उडुवा छेपारो देखिएको ठाउँबारे अझ स्पष्ट हुन निर्जुला खत्रीको घरतिर गयौँ ।

घर बाटोदेखि केही पर थियो । निर्जुलासँग फेरि भेट भयो । मैले अघिल्लो दिनको कुरा फेरि सोधेँ । उनले बडो आत्मविश्वाससाथ आफूले देखेको कुरा राखिन् । ड्राको अर्थात् उडुवा छेपारोको उड्दै गरेको नक्सा पनि देखाएँ । यसमा पनि उनी अलमलिनन् ।

भन्ज्याङ-खर्क, जुरेथुम्कीबाट मध्यपहाडी क्षेत्रको मनोरम दृश्य । तस्बिर : देवान राई

यसबारे विशेष अनुसन्धान गर्न अलि समय लिएर पछि आउँदा पुनः भेट्ने भन्दै त्यहाँबाट बिदा भएर हामी थिन्दिङ्खा हुँदै उकालै–उकालो थेचम्बुतर्फ लाग्यौँ । बाटा छेउछाउ धेरै सिमसारक्षेत्रहरू भेटिए । स्थानीयसँग सर्प, पाहा आदि बारे सोध्दै हिँड्यौँ ।

त्यस क्षेत्रमा स्थानीय भाषामा ट्याङट्याङे पाहा भनिने विशेष प्रकारको भ्यागुता पाइँदो रहेछ । कराउँदा ट्याङट्याङ आवाज सुनिने भएकाले यसलाई ट्याङट्याङे पाहा भनिएको स्थानीयले बताए । यो पाहालाई झरी–भ्यागुता पनि भनिँदो रहेछ ।

जहिले पानी पर्ने बेलामा कराउने भएकोले यसलाई झरी–भ्यागुतो भनिएको रहेछ । यसैलाई बान्तवा राई भाषामा केवापा (पानी पार्ने जन्तु) भनिन्छ, जसको अङ्ग्र्रेजी नाम सर्टलेग्ड बर्मिज टोड तथा वैज्ञानिक नाम जेनोफ्रिज पर्भाका राखिएको छ ।

हामीले बालाङ्खाछेउको छोङ्खा साकेला थान हुँदै देउराली बुआखोला भएर जाने सल्लाह ग¥यौँ । यसर्थ थेचम्बु तामाङ गाउँ हुँदै देउराली पुग्यौँ । त्यहाँबाट सीधै ओरालो झरी बुआखोला महादेवस्थान पुग्यौँ ।

ट्याङट्याङे पाहा अर्थात् सर्ट–लेग्ड बर्मिज फ्रग

एक हजार एक सय मिटर उचाइमा रहेको बुआखोला–वासिङखोला दोभानमा एउटा दुई मान्छे जति अग्लो शिवलिङ्ग भएको महादेवस्थान रहेछ । उहिले महादेवस्थानमा ठुलो बजार पनि लाग्थ्यो ।
हामीले त्यस बुआखोला–वासिङखोला दोभानक्षेत्रको विशेष सर्वेक्षण गर्‍यौँ । त्यस क्षेत्रमा जति पनि पाइने झरी–भ्यागुताका साथै अन्य स्थानीय किथ्रे–भ्यागुता प्रजातिका केही नमुनाहरू सङ्कलन गर्‍यौँ ।

त्यहाँबाट हामी वासिङथर्पुको छेउछेवै उकालो लाग्यौँ । उकालै–उकालो एउटा पुरानो गाउँ वातोङ निस्क्यिौँ । त्यहाँबाट पनि उकालै–उकालो अर्को पुरानो गाउँ डमर्खु आइपुग्यो । डमर्खुको नामबाट पहिले हाम्रो गाउँ विकास समितिको नाम राखिएको थियो । त्यो बेला चुम्लुङ र वासेप्लुङ गाउँ डमर्खु–शिवालय गाविसको वडा नम्बर २ मा पर्थ्यो । आजभोलि यो ठाउँ जन्तेढुङ्गा गाउँपालिकाको वार्ड नम्बर ४ मा पर्छ ।

त्यहाँबाट हामी सरासर डमर्खु निम्नमाध्यमिक विद्यालयतर्फ गयौँ । शिक्षक–विद्यार्थीहरू भेट्यौँ । त्यहाँ चिनेकै चुमलुङ कुभिन्डेका काइँला कोइराला काका शिक्षक रहेछन् । दुई घन्टाजति बसेर भेटघाट तथा शिक्षक–विद्यार्थीसँग हर्पेटोफाउना (सरीसृप)बारे अन्तरक्रिया गर्‍यौँ । डमर्खु निमावि एक हजार सात सय ५० मिटर उचाइमा रहेछ । जाडो निकै हुँदो रहेछ । छेउछाउ राम्रो जलाधारक्षेत्र रहेछ । जमिन सतहबाट मूलपानी भलभली निस्केर सिमसार बनाउँदै तलतिरको गाउँलाई पनि सिँचित गरेको रहेछ ।

उडुवा छेपारो (ड्राको)को रेखाचित्र ।

त्यहाँबाट हामी उकालै सिरानको गाउँ सामाक्ताङ पुग्यौँ । त्यहाँभन्दा माथि लेक पर्ने भएको हुँदा गाउँ थिएन । यो दुई हजार मिटर जति उचाइमा रहेको गाउँ हो । यहाँबाट कुइभीर हुँदै चुम्लुङ जाने बाटो छ ।

कुइभीर आइपुग्ने बेला एउटा निकै डरलाग्दो भीरको टुप्पोबाट बाटो गएको छ, जसलाई दाङ्लेक्ताङको भीर भनिन्छ । यसको मुनि निकै ठुलो काउले गाउँ पर्छ । हामी दाङ्लेक्ताङको टुप्पो हुँदै जुरेथुम्की, बर्खेटार पुग्यौँ ।

बर्खेटार हाम्रो वंशको नाममा छ, जो अहिले त्यत्तिकै छ । बाली–नाली लगाएको छैन । वनमाराले ढाकिएको छ । वनमाराको जरातिर साबुनको फिजझैँ फुल पारेर बसेका केही सिक्रे–पाहा (पोलिपेडेट्स स्पेक)का नमुनाहरू रेकर्ड पनि गरियो ।

त्यहाँबाट हामी यो क्षेत्रलाई जहाँबाट हेर्दा पनि चिनाउने चुच्चेभीर, कुइभीर आइपुग्यौँ । कुइभीर चौतारीबाट भेडीखोर र नामभर हुँदै बास बस्न मेरो जन्मस्थल चुमलुङको वासेप्लुङ गाउँ पुग्ने योजनासहित हामी अघि बढ्यौँ ।


क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon