birat ribon

तेञ्जिङको जीवनीमा आधारित फिल्म बनाउँदै ओबामा

Neuro
तेञ्जिङको जीवनीमा आधारित फिल्म बनाउँदै ओबामा

विराटनगर / अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा दम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्रान्ड प्रोडक्सन’ले विश्वकै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बायोपिक (जीवनी)मा आधारित फिल्म निर्माण गर्न लागेको छ ।

Padelux insider
cura insider

फिल्मलाई अस्ट्रेलियन महिला निर्देशक जेनिफर पिडमले निर्देशन गर्ने भएकी छन् । मिडिया रिपोर्टका अनुसार फिल्म सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङ ः हिरो अफ एभरेस्ट’मा आधारित हुनेछ । फिल्मको नाम ‘तेन्जिङ’ राखिएको छ ।

नेटफ्लिक्ससँगको सहकार्यमा निर्माण हुने फिल्म नेटफ्लिक्समा नै सार्वजनिक हुनेछ । फिल्ममा तेन्जिङले सगरमाथा चढ्न गरेको सङ्घर्ष, मेहनत र सफलतालाई देखाइनेछ । फिल्मको सम्पूर्ण छायाङ्कन सगरमाथा क्षेत्रमा हुने बताइएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।

jackson ribon