विराटनगर / देशभर आइतबार थप तीन जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोनाबाट मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ३८ पुगेको छ ।
नेपालमा आज थप एक सय १९ सङ्क्रमित थपिएका छन् । यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।
यस्तै आज दुई सय ६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको छ ।
हाल एक हजार आठ सय १५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।