birat ribon

चिनियाँ फिल्म ‘मुलन’ नेपालमा

Neuro
चिनियाँ फिल्म ‘मुलन’ नेपालमा

विराटनगर / सन् २०२० को बहुप्रतिक्षित चिनियाँ फिल्म ‘मुलन’ नेपालमा प्रदर्शन भएको छ । कोरोना महामारीका कारण यो फिल्म नेपालमा प्रदर्शन हुन पाएको थिएन ।

Padelux insider
cura insider

विगत नौ महिनादेखि बन्द रहेका सिनेमा हलहरू भर्खर सञ्चालनमा भएसँगै यो फिल्म प्रदर्शनमा आउन लागेको हो । हलिउड एक्सन ड्रामा फिल्म मुलनलाई एप्पल इन्टरटेनमेन्टले नेपालमा ल्याएको हो । विदेशी बजारमा प्रदर्शन भइसकेको यो फिल्मले नेपालका मल्टीप्लेक्सहरूमा राम्रो दर्शक पाएको छ ।

निकी कारो निर्देशित फिल्म चिनियाँ दन्त्यकथामा आधारित छ । ‘द बालाड अफ मुलान’ भन्ने चिनियाँ कथामा आधारित रहेको फिल्म दुई सय मिलियन डलरमा निर्माण भएको थियो । फिल्ममा लियू यिफी, जेट ली, डोनी येन, गोङ ली, जेसन स्कट लीजस्ता विश्व प्रख्यात कलाकारहरूको अभिनय रहेको छ ।

jackson ribon