birat ribon

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

Neuro
कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

विराटनगर / कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यृ भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो साता युकेमा दुईजना र अल्जेरियामा एकजनाको सङ्क्रमणका कारण निधन भएको हो । योसहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या तीन सय ३३ पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार आठ सय ३२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५६ हजार दुई सय ४७ जना कोरोनामुक्त भएका छन् ।

cura insider
jackson ribon