birat ribon

आमिर खानले फिल्म रिलिजसम्म मोबाइल नचलाउने

Neuro
आमिर खानले फिल्म रिलिजसम्म मोबाइल नचलाउने

विराटनगर/बलिउड सुपरस्टार आमिर खान फिल्म ‘लालसिंह चड्ढा’ रिलिजसम्म मोबाइल नचलाउने भएका छन् । मोबाइलले काममा बाधा गरेको भन्दै उनले मोबाइलबाट टाढा रहने निर्णय गरेका हुन् ।

आफ्नो काम र चरित्रमा शतप्रतिशत दिन कुनै कसर नछाड्ने आमिर बताउँछन् । फिल्म ‘लालसिंह चड्ढा’ को काममा मोबाइल बाधा बनेपछि उनले फिल्म रिलिजसम्म मोबाइल फोन बन्द राख्ने निर्णय गरेका हुन् ।

cura insider

अद्वैत चन्दनको निर्देशनमा निर्माण हुँदै गरेको फिल्म १९९४ को चर्चित हलिउड क्लासिक फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । कोरोना महामारीका कारण केही समय फिल्मको छायांकन रोकिएको थियो । यसैकारण निर्माणपक्षले फिल्मको प्रदर्शन मिति सारेको थियो ।

सन् २०२० को क्रिसमसमा रिलिज हुने बताइएको फिल्म ‘लालसिंह चड्ढा’ अब २०२१ को क्रिसमसमा रिलिज हुने भएको छ ।

jackson ribon