birat ribon

संयुक्त प्रयासमा मात्र दिगो विकास लक्ष्य प्राप्ति सम्भव छ : कँडेल

Neuro
संयुक्त प्रयासमा मात्र दिगो विकास लक्ष्य प्राप्ति सम्भव छ : कँडेल

काठमाडौँ / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तीन तहकै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन सन् २०१६–२०१९ र दिगो विकास लक्ष्य : स्थानीयकरण स्रोत पुस्तिका सन् २०२० सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सङ्घ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी स्थानीय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनले बताए ।

cura insider

उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकाले देशलाई अल्पविकसित देशबाट विकासशील देशतर्फ जानुपर्ने आवश्यकता रहेको बताए । त्यसनिम्ति प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको वातावरण बनाउनुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व भन्दै निजी क्षेत्रले निकै पैसा खर्च गर्ने भएकाले ती लगानीलाई एकीकृत गर्ने र खर्चको अनुगमन गर्ने हो भने आर्थिक रूपमा समस्या नहुने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको बताए । उनले उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पताको स्थिति र पाँच वर्षमुनिका बालबालिकाको रक्तअल्पताको स्थिति लक्ष्यअनुसारको प्रगति हासिल हुन नसकेको बताए ।

jackson ribon