birat ribon

दैनिक दुईभन्दा बढी ग्लास दुधको सेवनले समस्या निम्त्याउने

Neuro
दैनिक दुईभन्दा बढी ग्लास दुधको सेवनले समस्या निम्त्याउने

विराटनगर / दुध पोषण र शक्तिले भरिपूर्ण हुन्छ ।

Padelux insider
cura insider

क्याल्सियमबाहेक, दुध भिटामिन डी, भिटामिन बी १२ र प्रोटिनजस्ता अन्य आवश्यक पोषक तत्वहरूले भरिएको हुन्छ । दिनहुँ दुध पिउँदा दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । तर, एक दिनमा एक ग्लास दुधको सेवन राम्रो विकल्प हो । अन्वेषकहरूले धेरै दुधको सेवनको अर्थ दिनमा तीन वा तीनभन्दा बढी ग्लास हुने बताएका छन् ।

अध्ययनका अनुसार एकै दिनमा दुई ग्लासभन्दा बढी दुध पिउनु हुँदैन । यसले शरीरमा नकारात्मक असर गर्न सक्छ । दुध स्वस्थ छ तर सधैँ यसलाई ठिक्क मात्रामा खानुपर्छ । एक पटकमा वा एक दिनमा यसको धेरै उपभोग गर्नाले शरीरमा साइड इफेक्ट हुनसक्छ । धेरै दुध पिउँदा सानो आन्द्रामा आन्तरिक क्षति हुन्छ ।

जसले अनावश्यक खाद्य कणहरू, विषाक्त फोहोर उत्पादन र ब्याक्टेरिया आन्द्राबाट चुहेर रगतको प्रवाहमा पस्ने हुन्छ । जसकारण सुस्त महसुस हुन सक्छ । यो दुधमा हुने ए १ केसिनको उपस्थिति भएको कारणले हो, जसले आन्द्राको भित्तामा भडकाउने प्रभाव बढाउन सक्छ । दुधले पेटसम्बन्धी समस्या निम्त्याउनका लागि योगदान गर्न सक्छ ।

यदि एक मानिस ल्याक्टोज इनटोलरेन्ट नभए पनि, ल्याक्टोजप्रति संवेदनशील हुन सकिन्छ । जसकारण अत्यधिक दुध वा दुधजन्य पदार्थले पेट फुल्ने समस्या, पेट दुखाइ वा झाडापखालासमेत निम्त्याउन सक्छ । क्लिनिकल, कस्मेटिक र अनुसन्धानात्मक त्वचा रोगमा प्रकाशित अध्ययनमा पूर्ण–फ्याटसहितका डेरी उत्पादनको सेवनले मध्यमदेखि गम्भीर एक्नेको समस्यासंग सम्बन्धित हुन सक्छ ।

एक स्विडेनी अध्ययनअनुसार, एक दिनमा धेरै दुध पिउँदा मृत्युदर र फ्रयाक्चरको जोखिम झन् बढ्न सक्छ । अध्ययनको नतिजा महिलाहरूमा दुधबाट उत्पन्न हुनसक्ने समस्ता अझ बढी थियो । प्रत्येक दिन एक ग्लासभन्दा कम दुध पिउने महिलासँग तुलना गर्दा हरेक दिन तीन वा सोभन्दा बढी ग्लास दूध पिउने महिलाहरूको ज्यान दुई गुणा बढी जोखिममा हुने देखाएको छ ।

पुरुषहरू महिलाजत्तिकै प्रभाव नदेखिए पनि यसले निश्चित रूपमा मृत्युदर बढाउन सक्छ । दुधको सेवनले हड्डीलाई बलियो बनाउने बताइए पनि सन् १९९७ मा गरिएको अध्ययनअनुसार हार्वर्ड विश्वविद्यालयका अन्वेषकहरूले कम दुध पिउने मानिसको तुलनामा धेरै दुध पिउँदा पनि हड्डी भाँचिने जोखिम कम हुन नसकेको पत्ता लगाएका छन् ।

jackson ribon