birat ribon

रोनाल्डोको प्रदर्शनबाट रोमाका प्रशिक्षक सन्तुष्ट, भने– यसैले त उनी विश्वकै सर्वोत्कृष्ट हुन्

Neuro
रोनाल्डोको प्रदर्शनबाट रोमाका प्रशिक्षक सन्तुष्ट, भने– यसैले त उनी विश्वकै सर्वोत्कृष्ट हुन्

विराटनगर । इटालियन क्लब रोमाका प्रशिक्षक पाउलो फोनेस्काले युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । शनिबार राति युभेन्टससँग हारेपछि पोर्चुगिज प्रशिक्षक फोनेस्काले आफ्ना देशका स्टार रोनाल्डो विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको भन्दै प्रशंसा गरेका हुन् ।

Padelux insider
cura insider

गए राति रोमा युभेन्टससँग २–० गोलले पराजित भएको थियो । युभेन्टसको मैदानमा युभेन्टसलाई जिताउन रोनाल्डोले एक गोल गरेका थिए भने अर्को एउटा गोल उपहारमा पाएको थियो । रोमाका इबानेजले आत्मघाती गोल गरेका थिए ।

सो खेलपछि रोमाका प्रशिक्षक फोनेस्काले रोनाल्डो विश्वकै सर्वोत्कृष्ट हुनुमा हकदार भएको बताए । ३६ वर्षीय रोनाल्डोको प्रदर्शनले नै उनलाई विश्वकै सर्वोत्कृष्ट भएको सावित गरेको फोनेस्कोको भनाइ छ ।

‘उनले जहाँबाट पनि गोल गर्न सक्छन्, यसैले त उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । जो गोल गर्न केही गल्ती गर्दैनन्, त्यो नै रोनाल्डो हो’, उनले भने । यस्तै उनले राम्रो खेल्दाखेल्दै पनि युभेन्टससँग पराजित हुनुपरेको बताए ।

‘राम्रो खेल्दाखेल्दै पनि नतिजा राम्रो आएन । तथापि, म मेरा खेलाडीबाट गर्व गर्छु’, उनले थपे ।

jackson ribon