birat ribon

सकियो ‘आई एम ट्वान्टी वान’को छायाङ्कन

Neuro
सकियो ‘आई एम ट्वान्टी वान’को छायाङ्कन

काठमाडौँ / चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायाङ्कन सकिएको छ । रेनशा वान्तवा राईको निर्देशन रहेको सो चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ ।

Padelux insider
cura insider

चलचित्रको छायाङ्कन ५५ दिनमा सकिएको निर्माण टिमले जनाएको छ । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्ज्वल शमशेशर जबराले निर्माण गरेका हुन् । रोहित शाक्यले संगीत भरेको यो चलचित्रका लागि धिरज र जसिताले एक वर्षसम्म नृत्यको तालिम लिएका थिए ।

यसै चलचित्रबाट १२ जना नयाँ अनुहारले अभिनयमा डेब्यु गर्दै छन् । काठमाडौँ, धरान, ललितपुरलगायतका स्थानमा छायाङ्कन गरिएको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

jackson ribon