birat ribon

निदाएको बेला वायरलेस इयरफोन निलेपछि

Neuro
निदाएको बेला वायरलेस इयरफोन निलेपछि

विराटनगर / एक मानिसले सुतिरहेको बेलामा आफ्नो वायरलेस इयरफोन निलेका छन् ।

Padelux insider
cura insider

स्वास्थ्यकर्मीले उनको खाना नलीबाट एक वायरलेस इयरवड हटाउनुपर्ने भएको हुँदा निदाएको बेला हेडफोन प्रयोग गर्ने मानिसहरूलाई उनले चेतावनीसमेत दिएका हुन् । फेसबुक पोस्टमा आफ्नो विचित्र अनुभव बताउने वर्सेस्टर निवासी ब्राड गौथीर सोमबार सङ्गीत सुन्दै ओछ्यानमा पल्टिएका थिए ।

मङ्गलबार बिहान उठेर करिब एक घण्टा काम गरेपछि उनले पानी पिउन खोजे । तर, उनले पिएको तरल पदार्थ घाँटीबाट तल झर्नु सकेन । उनले आफ्नो घाँटीबाट पानी निकाल्नका लागि थप झुकाव राख्नुपरेको थियो । ब्राडले सामान्यतया सुत्ने बेलामा प्रयोग गर्ने आफ्नो दुई ताररहित इयरबड (वायरलेस इयरफोन) मध्ये एउटा हराइरहेको पनि याद गरे ।

ब्राडका छोराका अनुसार स्थानीय इमर्जेन्सी क्लिनिकको एक्स–रेले उनका बुबाले इयरबड निलेको खुलासा गरेको छ । सानो प्लास्टिक जस्तो उपकरण बुबाको तल्लो खानाको नलीमा देखिएको उनको भनाइ छ । ब्राडले इयरवड निल्दासमेत सानो असुविधाबाहेक केहि पनि अनुभव गरेनन् । उनले अरूलाई हेडफोनको साथ सुत्न नहुने रहेछ भनेर आफ्नो अनुभव बाँडेका हुन् ।

jackson ribon