birat ribon

रियललाई उछिन्ने दाउमा बार्सिलोना

Neuro
रियललाई उछिन्ने दाउमा बार्सिलोना

विराटनगर । स्पेनिस ला लिगामा आज बार्सिलोनाले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे बार्सिलोनाले बेटिसको मैदान भ्रमण गर्नेछ ।

बेनिटो भिल्लामारिनमा बार्सिलोना दोस्रो स्थानमा उक्लिने दाउमा हुनेछ । हाल बार्सिलोना ४० अङ्कसहित चौथो स्थानमा छ । तर आजको खेलमा जित निकालेमा बार्सिलोना साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिनेछ ।

cura insider

४३ अङ्क भएको रियल दोस्रो स्थानमा छ । आज बार्सिलोना विजयी भएमा रियल गोलान्तरको आधारमा पछि पर्नेछ । बेटिस भने ३० अङ्कका साथ सातौँ स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

ला लिगाको शीर्ष स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । १९ खेल खेलेको एथ्लेटिकोसँग ५० अङ्क छ ।

jackson ribon