birat ribon

खाली पेटमा ग्रिन टीको सेवनले समस्या निम्त्याउँछ

Neuro
खाली पेटमा ग्रिन टीको सेवनले समस्या निम्त्याउँछ

विराटनगर / तौल घटाउनेदेखि रगतमा चिनीको स्तर नियन्त्रणमा राख्न ग्रिन टीका स्वास्थ्यलाभ धेरै छन् ।

केही मानिस ग्रिन टीको साथ आफ्नो दिन सुरु गर्छन् । ग्रिन टीले शरीरमा पुर्‍याउने लाभका बारेमा कुनै शङ्का छैन । तर, यसलाई खाली पेट भने सेवन गर्न नहुने बताइन्छ । खाली पेटमा ग्रिन टी पिउँदा यसले शरीरमा नकरात्मक असर गर्न सक्छ । ग्रिन टीमा टेनिन नामक तत्व हुन्छ जसले पेटमा एसिड बढाउन सक्छ र पेटको दुखाइ निम्त्याउने गर्छ ।

cura insider

पेटमा अत्यधिक एसिडले कसैलाई वाकवाकी महसुस गराउन सक्छ । साथै, यसले पछि कब्जियतको समस्या पनि निम्त्याउन सक्छ । पेप्टिक अल्सर वा एसिड रिफ्लक्सबाट पीडित बिरामीहरूलाई बिहान सबभन्दा पहिले ग्रिन टी नपिउन सल्लाह दिइन्छ । यसले समस्यालाई थप बिगार्न सक्छ । खाली पेटमा ग्रिन टीको सेवन गर्दा चियामा रहेको यौगिकले शरीर र रगतमा असर पार्छ ।

यसको एक प्रभावले शरीरमा प्रोटिनको मात्रा घटाउँछ जसले रगत जमाउन मद्दत गर्छ । रगतसम्बन्धी समस्या भएका मानिसले खाली पेटमा ग्रिन टीको सेवन गर्नुहुँदैन । ग्रिन टीले शरीरको प्राकृतिक रूपमा आइरनको अवशोषण गर्ने क्षमतालाई कम गर्न सक्छ । एनिमिया भएका मानिसहरूले नियमित रुपमा वा खाली पेटमा ग्रिन टी सेवन गर्न नहुने सल्लाह दिइन्छ ।

ग्रिन टीमा रहेको क्याफिनले एड्रेनल ग्रन्थीलाई उत्तेजित गर्छ, जसले कोर्टिसोल र एड्रेनालाइन जस्ता तनाव हार्मोन उत्पादन गर्न जारी गर्छ । जसको परिणामस्वरूप यसले रक्तचाप र मुटुको दर बढाउँछ, जुन हृदय स्वास्थ्यका लागि राम्रो मानिँदैन । बिहानको समयमा ग्रिन टीको सेवन गर्नु उत्तम मानिन्छ । तर, यसलाई खाली पेटमा नभई केही खाजा वा फलको साथ सेवन गर्न सल्लाह दिइन्छ ।

jackson ribon