birat ribon

आज लिभरपुल र सिटी भिड्दै, टोटनह्याम पनि प्रतिस्पर्धामा

Neuro
आज लिभरपुल र सिटी भिड्दै, टोटनह्याम पनि प्रतिस्पर्धामा

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा आज राति लिभरपुल र म्यानचेस्टर सिटीले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयानुसार १०ः१५ बजेबाट सुरु हुने उक्त खेल लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।

यस खेलमा सिटी अङ्कदूरी घटाउने दाउमा हुनेछ भने लिभरपुल घटाउने दाउमा हुनेछ । शीर्ष स्थानको सिटीले २१ खेलमा ४७ अङ्क जोडेको छ ।

cura insider

ऊ दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अङ्कले अगाडि छ । २३ खेल खेलेको युनाइटेडसँग ४५ अङ्क छ । लिभरपुलसँग ४० अङ्क छ । २२ खेल खेलेको लिभरपुल चौथो स्थानमा छ ।

आजै हुने अर्को खेलमा टोटनह्यामले वेस्ट ब्रोमसँग खेल्दैछ । साँझ ५ः४५ बजे हुने यो खेल टोटनह्यामको मैदानमा हुनेछ । टोटनह्याम ४४ अङ्कका साथ नवौँ स्थानमा छ भने वेस्ट ब्रोम १९औँ स्थानमा छ ।

jackson ribon