birat ribon

यी खानामा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ

Neuro
यी खानामा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ

विराटनगर / भिटामिन सीले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

भिटामिन सीका बारेमा कुरा गर्दा हाम्रो दिमागमा आउने पहिलो खाना सुन्तला हो । सुन्तलामा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ अन्य धेरै दैनिक खानामा सुन्तलाभन्दा बढी भिटामिन सी भरिएको हुन्छ ।

cura insider

एउटा मध्यम आकारको सुन्तलमामा ७० मिलिग्राम भिटामिन सी हुन्छ । सुन्तलाभन्दा बढी भिटामिन सी केही खाद्य पदार्थहरूको सूची :

मेवा : एक कप मेवामा ८८ मिलिग्राम भिटामिन सी हुन्छ । मेवा खानेले पाचनमा सुधार ल्याउने, छाला चम्किलो पार्ने, साइनसको समस्याबाट राहत दिने तथा हड्डीहरूलाई बलियो बनाउन सक्छ ।

स्ट्रबेरी : एक कप स्ट्रबेरीमा करिब ८७ मिलिग्राम भिटामिन सी हुन्छ । स्ट्रबेरीले फोलेट र अन्य यौगिकहरूको खुराक प्रदान गर्छ जसले हृदयको स्वास्थ्यलाई बढावा दिन्छ । स्ट्रबेरीले दाँतलाई मोतीजस्तो सेतो र चम्किलो पनि बनाउन सक्छ ।

काउली : पकाएर होस् वा स्टिम्ड गरिएको होस काउलीको एक टुक्रा खानेले एक सय २७ मिलिग्राम भिटामिन सीका साथ पाँच ग्राम फाइबर र पाँच ग्राम प्रोटिन दिन्छ ।

भुइँ कटहर : भुइँ कटहरको एक टुक्रामा करिब ७९ मिलिग्राम भिटामिन सी हुन्छ । भुइँ कटहरमा ब्रोमेलेन नामक पाचन एन्जाइमले खाना तोड्न मद्दत गर्छ र पेट फुल्ने समस्या (ब्लोटिङ)लाई पनि कम गर्छ ।

ब्रोकाउली : ब्रोकाउलीमा क्यान्सर–रोकथाम गर्ने गुणहरू हुन्छन् । यो क्रुसिफेरस तरकारीमा एक सय ३२ मिलिग्राम भिटामिन सी र प्रशस्त मात्रामा फाइबर हुन्छ ।

आँप : आँपमा भिटामिन एको साथसाथै प्रशस्त मात्रामा भिटामिन सी पनि समृद्ध हुन्छ । एक मध्यम आकारको आँपमा करिब एक सय २० भन्दा धेरै मिलिग्राम भिटामिन सी हुन्छ ।

रेड बेल पेपर : रातो ठूलो खोर्सानी (रेड बेल पेपर) मा क्यालोरीको मात्रा कम हुन्छ भने विभिन्न पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । एक सय ग्राम रेड बेल पेपरमा लगभग एक सय २७ मिलिग्राम भिटामिन सी हुन्छ । यसको सेवनले मुडलाई सुधार गर्न मद्दत गर्छ ।

jackson ribon