birat ribon

दिनमा तीन कपभन्दा बढी चिया हानिकार

Neuro
दिनमा तीन कपभन्दा बढी चिया हानिकार

विराटनगर / चियाप्रेमीहरूलाई अर्को एक कप चिया पिउनका लागि केवल एउटा बहाना चाहिने हुन्छ । टाउको दुखे वा थकाइ लागे चिया पिउनुपर्छ ठीक हुन्छ भन्ने सोचाइ छ ।

चियाका पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । तर, अत्यधिक मात्रामा यसले स्वास्थ्यलाई हानि गर्छ । यदि तपाईं चियाप्रेमी हुनुहुन्छ र अर्को एक कप चिया पिउन बहाना खोजिरहनुभएको छ भने त्यो तपाईंका लागि हानिकारक हुनसक्छ ।

cura insider

चियापत्तीको प्रकार र प्रयोग गरिएको मात्राका आधारमा चियाको कपमा रहेको क्याफिनको मात्रा फरक हुन सक्छ । तर सामान्यतया प्रतिकप चियामा २० देखि ६० मिलीग्राम (दुई सय ४० मिलिलिटर) बीचमा क्याफिनको मात्रा पर्छ । त्यसैले दिनमा तीन कपभन्दा बढी चिया नपिउन विज्ञहरू सल्लाह दिन्छन् । धेरै चियाको सेवन गरेमा शरीरमा आइरन अवशोषण कम हुन सक्छ । चियामा हुने टेनिन नामक तत्त्वले शरीरको आइरनलाई अवशोषित गर्ने क्षमतामा हस्तक्षेप गर्न सक्छ ।

कोलोराडो स्टेट युनिभर्सिटीको रिपोर्टका अनुसार अत्यधिक चियाको सेवनले शरीरमा आइरन अवशोषण गर्ने क्षमता ६० प्रतिशतसम्म घटाउन सक्छ । अत्यधिक चियाको सेवनले आइरनको कमीको बढी जोखिम हुने तथा शाकाहारीमा गम्भीर असर गर्न सक्छ । चियाबाट पाइने धेरै क्याफिनले मानिसलाई चक्कर आउन सक्छ ।

जब एक व्यक्तिले धेरै क्याफिनको सेवन गर्छ अर्थात् चार सयदेखि पाँच सय मिलीग्रामभन्दा बढी क्याफिनको सेवन गरेमा प्रायः यस्तो समस्या देखिन्छ । तर, संवेदनशील वा चिन्ता तथा एन्जाइटी भएका व्यक्तिहरूमा थोरै सेवन गरेको खण्डमा पनि चक्कर आउने समस्या देखा पर्न सक्छ । गर्भावस्थामा चियाबाट प्राप्त हुने धेरै क्याफिनले गर्भपतन र बच्चाको तौल कम हुनेजस्ता जटिलताको जोखिम बढाउन सक्छ ।

त्यसैले, गर्भावस्थाका बेला प्रतिदिन दुई सय मिलीग्रामभन्दा बढी क्याफिनको सेवन नगर्न सल्लाह दिइन्छ । धेरै चिया पिएकामा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । यसले शरीरमा एसिडको उत्पादनमा पनि योगदान पु¥याउने हँुदा पहिलाबाट एसिड रिफ्लक्सको समस्या भएकाले चिया सेवन गर्दा यसको मात्रामा ध्यान दिनु आवश्यक हुन्छ ।

अत्यधिक चियाको सेवनले छाती पोल्ने, ग्यास्ट्रिकलगायतका समस्या हुनसक्छ । अध्ययनका अनुसार धेरै चियाको सेवन गर्दा केही एन्टिबायोटिकको प्रभावकारिता कम हुन सक्छ । अत्यधिक चियाको सेवनले केमोथेरापी ड्रग्स, क्लोजापाइन र गर्भनिरोधक औषधिको प्रभावकारितालाई कम गर्न सक्छ ।

jackson ribon