birat ribon

के एकपटक सङ्क्रमणबाट निको भइसके पनि खोप लगाउन आवश्यक हुन्छ ?

Neuro
के एकपटक सङ्क्रमणबाट निको भइसके पनि खोप लगाउन आवश्यक हुन्छ ?

विराटनगर / विश्वभरमा धेरै मानिस कोभिडको सङ्क्रमण भएर निको भइसकेका छन् ।

पहिला नै सङ्क्रमण भएर निको भइसकेका मानिसले खोप लगाउने कि नलगाउने विषयमा धेरै मानिस सोचमा परिरहेका छन् । साथै, सङ्क्रमण भइसकेका मानिसले खोप लिन नहुने पनि बताइएको छैन । एकपटक कोभिड १९ को सङ्क्रमण भइसकेकामा भाइरसविरुद्ध सुरक्षात्मक एन्टिबडी बनिएको हुन्छ । जसले शरीरलाई प्राकृतिक, व्यवस्थित प्रतिरोधात्मक क्षमता प्रदान गर्छ ।

cura insider

भ्याक्सिनले भने सङ्क्रमणलाई चिन्न र सङ्क्रघर्ष गर्न शरीरलाई प्रशिक्षण दिएर काम गर्छ । तर, अध्ययनका अनुसार सङ्क्रमण भइसकेकामा एन्टिबडी लामो समय नरहने वा कति समयसम्म रहन्छ भन्ने थाहा नभएको देखिएको छ । भाइरसका इन्फेक्सनका केसहरू विश्वभरि देखापरिरहेको, त्यसैले कोभिडको सङ्क्रमण एक पटकभन्दा धेरै हुनसक्ने जोखिम उस्तै छ ।

यसबेलामा खोपले दिएको रोग प्रतिरोध क्षमताले मद्दत गर्छ । सङ्क्रमण भएर निको भएको भए पनि खोप लगाएपछि खोपले भाविष्यमा हुनसक्ने सङ्क्रमणलाई रोक्न सक्छ । खोप लिनुको अर्को कारण आफ्नो वरपरका व्यक्तिको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्नु पनि हो । हालसम्म पनि भाइरसको जोखिममा रहेका धेरै व्यक्तिहरू छन् जसले गम्भीर रोग पाउँछन्, वा उच्च मृत्युदरसँग पनि सामना गर्न सक्छन् ।

अध्ययनका अनुसार केही खोप, जस्तैः अक्सफोर्ड–एस्ट्राजेनेका (कोभिशिल्ड)ले भाइरसको प्रसारण दरसमेत घटाउन सक्छन् । खोप लगाउनुको अर्थ खोप लिन नसक्नेहरू (जस्तैः केही रोग भएमा वा खोपको एलर्जी भएमा) पनि सुरक्षित रहन्छन् । साथै, धेरै मानिसले खोप लगाएमा यसले हर्ड इम्युनिटी सिर्जना गर्न भूमिका खेल्नेछ, अर्थात् समुदायस्तरमा सुरक्षा हुन्छ ।

खोप लगाउनुका बेफाइदा छैन भनेर बुझ्न जरुरी छ । खोप लगाएपछि केही साइड इफेक्ट्स देखिनु सामान्य हुन् र यसको तुलनामा खोप लिनुका फाइदा धेरै छन् । अन्य केही खोपहरूजस्तै, कोभिडको पनि वार्षिक खोप लिन आवश्यक पर्न सक्छ । खोपले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन र व्यक्तिलाई फेरि सङ्क्रमित हुनबाट रोक्न मद्दत गर्छ । त्यसैले, खोप लगाउन मौका पाएकाले कोभिडविरूद्धको खोप लिनुहोस् ।

jackson ribon