birat ribon

पूर्वी नाका काँकडभिट्टामा आवतजावत बढ्यो

Neuro
पूर्वी नाका काँकडभिट्टामा आवतजावत बढ्यो

झापा / पूर्वी नाका काँकडभिट्टामा आवतजावत खुकुलो बनाइएसँगै नाकामा मानिसहरूको चहलपहल बढेको छ । नाकामा गरिने जाँच खुकुलो पारिएपछि दैनिक सयौँ मानिस ओहोरदोहोर गर्न थालेका छन् ।

कोभिडका कारण लामो समयसम्म बन्द रहेको नाकामा ठूला सवारी साधन आवतजावतमा अझै रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज बनाइएको छ । जसका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जानेक्रम बढेको छ ।

cura insider

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए । उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरूलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको बताए । ‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको हो,’ उनले भने, ‘तर अन्यको हकमा भने पुरानै अवस्था छ । खुकुलो बनाइएको छैन ।’

उनले नेपालका अन्य सीमानाका खुले पनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर मात्र नेपाल प्रवेश गरिरहेको उनले जानकारी दिए । रासस

jackson ribon