birat ribon

खोपपछि पनि कोभिड सङ्क्रमणको जोखिम उत्तिकै

Neuro
खोपपछि पनि कोभिड सङ्क्रमणको जोखिम उत्तिकै

विराटनगर / कोरोना भाइरसविरुद्धको खोप आएपछि महामारी अन्त्य हुने तथा सामान्य जीवनलाई पुनः सुरु गर्न सकिने साकारात्मक सोच बढ्दो छ ।

तर, खोप लगाए पनि केही व्यक्ति अझै पनि भाइरसबाट सङ्क्रमित भइरहेको पाइएको छ । साथै, खोप लगाएपछि आफू सङ्क्रमित नभए पनि अरूलाई सङ्क्रमण सार्ने सम्भावना अझै पनि रहन्छ ।
हालको समयमा विभिन्न प्रकारको खोप प्रयोगमा आए पनि सबै शतप्रतिशत प्रभावकारी भने देखिएको छैन । कम समयमा बनाइएका यी खोपहरू नयाँ र प्रयोगात्मक छन् । साथै, केही खोप अझै अध्ययनको क्रममा नै रहेका छन् ।

cura insider

विज्ञहरुरूका अनुसार खोप लगाएपछि शरीरले भाइरसविरुद्ध रोग प्रतिरोघात्मक क्षमता विकास गर्न थाल्छ । तर, केही व्यक्तिलाई सङ्क्रमणबाट बच्नका लागि यो मात्र काफी नहुन सक्छ । दुर्लभ अवस्थामा खोप लगाएमा मानिस पनि एकपटक मात्र नभएर पटक–पटक सङ्क्रमितसमेत हुनसक्छन् ।
सङ्क्रमण हल्का वा एसिम्प्टोम्याटिक हुने कारण सङ्क्रमण भएको हो वा होइन भनेर छुट्याउन पनि गाह्रो हुनसक्छ । एकपटक खोप लगाएपछि पनि पुनः भाइरल सङ्क्रमण हुनु खोपले काम नगरेको स्पष्ट सूचक होइन । खोपले काम गर्ने समय तथा खोप दिइएको तरिका केही गलत भएको हुनसक्छ । खोप लगाएपछि यसले तुरुन्त काम गर्दैन ।

अध्ययनअनुसार खोपले राम्रो प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्न केही दिनदेखि कैयौँ हप्तासम्म लाग्न सक्छ । जसकारण खोप लगाएपछि पनि सावधानीका उपाय अपनाउन आग्रह गरिएको छ । त्यस्तै, हाल प्रयोग गरिएका खोपका एक डोजले मात्र काम गर्दैन । खोपले राम्रोसँग काम गर्न यसको दुवै डोज लिन जरुरी हुने बताइएको छ ।

यसैले खोपले काम गर्न समय लागेमा तथा खोपको दुवै डोज नलिएमा खोप लगाए पनि मानिस भाइरसको जोखिममा रहने हुन्छ । खोपले भाइरसको प्रसारणलाई नभई रोग र गम्भीरता दरलाई हटाउँछ । प्रयोगका लागि ल्याइएको अधिकांश खोपले बिरामी हुनबाट रोक्नका लागि काम गर्छ, अर्थात्, भाइरसले शरीरमा समस्या ल्याउनबाट रोक्छ ।

तर, सङ्क्रमणबाट भने पूर्णरूपमा सुरक्षित गर्दैन । यस ज्ञानको अभावमा, खोप लिएका धेरै मानिसहरू अझै पनि रोगका बाहक हुन सक्छन् र खोप नलिएकालाई सङ्क्रमण फैलाउन सक्छन् । खोपले गम्भीर बिरामी हुनबाट बचाउँछ । तर, पहिल्यै सङ्क्रमित भइसकेकाले भने खोप लगाए पनि एक मानिसले अरूलाई भाइरस सार्नबाट रोक्न सक्दैन ।

विज्ञका अनुसार खोप लगाए पनि आफू र अरूलाई सुरक्षित राख्नका लागि आवश्यक रोकथामका उपाय अपनाउन जारी राख्नुपर्छ ।

jackson ribon