birat ribon

सर्लाहीमा अपाङ्गता भएका २६ जनालाई ह्विलचेयर वितरण

Neuro
सर्लाहीमा अपाङ्गता भएका २६ जनालाई ह्विलचेयर वितरण

विराटनगर/बाल–अपाङ्ग टेवा संस्थाले प्रदेश–२ स्थित सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेका अपाङ्ग व्यक्तिहरुलाई ह्विलचेयर वितरण गरेको छ ।

ईश्वरपुर नपा–१३ मा आयोजना गरिएको कार्यक्रममा नगरका २६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई संस्थाले शनिबार ह्विल चेयर प्रदान गरेको हो ।

cura insider

अपाङ्गका हितका लागि सेवा गर्दै आएको संस्थाले योभन्दा अघि पनि देशका विभिन्न स्थानमा पाँच सय जनालाई ह्विलचेयर वितरण गरिसकेको छ ।

विशेष गरेर विपन्न तथा गरिब परिवारका अपाङ्गले आर्थिक अभावका कारण ह्विलचेयर प्रयोग गर्न नपाउँदा झनै कस्टकर जीवन बिताइरहेको कुरा मध्यनजर गरेर संस्थाले यो अभियान थालेको संस्थाका अध्यक्ष डेन्डी शेर्पाले बताए ।

शेर्पाले देशको जुनसुकै कुनामा रहेका ह्विलचेयर अभाव भएका व्यक्तिहरुलाई निःशुल्क ह्विलचेयर प्रदान गर्ने पनि कार्यक्रममा जानकारी दिए । अमेरिकाको ह्विलचेयर फाउन्डेसनले उपलब्ध गराएको सो ह्विलचेयर गुणस्तरीयसमेत रहेको उनले बताए ।

संस्थाले आफ्नो शरीर नै थाम्न नसक्ने अपाङ्ग व्यक्तिहरुका लागि विशेश प्रकारको ह्विलचेयर पनि वितरण गरिरहेको छ ।

jackson ribon