birat ribon

रियल मड्रिडको उत्कृष्ट पुनरागमन

Neuro
रियल मड्रिडको उत्कृष्ट पुनरागमन

विराटनगर । शीर्ष स्थानको होडमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै रियल मड्रिडले पुछारको हुएस्कालाई २–१ ले निराश तुल्यायो । ४८ औँ मिनेटमा गालान गिलको गोलबाट हुएस्काले सुरुवाति अग्रता लियो । तर उसले अग्रता जोगाउन नसक्दा रियल मड्रिडले उत्कृष्ट ढंगबाट पुनरागमनको अवसर पायो ।

cura insider

खेलमा एक गोलका कारण पछि परेको रियल मड्रिडका लागि राफायल वारानेले दुई गोल गरे । राफायलले ५४ र ८४ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि दोस्रो स्थानमा उक्लिएको रियल मड्रिडको २१ खेलबाट ४३ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाले गेटाफेलाई ३–० ले पराजित गर्दा लेभान्टे र ग्रानाडा तथा एल्ची र भिल्लारियलले समान २–२ को बराबरी खेलेका छन् ।

jackson ribon