birat ribon

मुलुकका उच्च क्षेत्रमा हिमपात

Neuro
मुलुकका उच्च क्षेत्रमा हिमपात

विराटनगर । काठमाडौं उपत्यकालगायत मुलुकका उच्च पहाडी एवं हिमाली क्षेत्रमा वर्षासँगै भारी हिमपात भएको छ ।

हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका वेला उच्च पहाडी क्षेत्रमासमेत शनिबार हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै दुई दिनदेखि मुलुकभर चिसो बढेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रसँगै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा शनिबार राति पनि हिमपात भएको थियो ।

cura insider

हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असरहरू बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ–दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठपटक हिउँ पर्ने भए पनि अहिले एकपटक पनि मुस्किलले हिउँ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए । हिमालमा हिउँ नपर्नु, तालतलैया, नदनिालाका सतह घट्नु, हिमालहरू सुक्खा र नांगा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ ।

वर्षात्सँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा संकलक पनि उत्साहित भएका छन् । बहुमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यक पर्ने भएकाले भारी हिमपात र वर्षात्ले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमा समेत वृद्धि हुने स्थानीयको भनाइ छ ।

हिमपात भएपछि किसानहरू उत्साहित भएका छन् । मंसिरयता वर्षा नहुँदा चिन्तित बनेका किसान शुक्रबारबाट बर्खा र हिमपात भएपछि खुसी भएका हुन् । आकाशे पानीका भरमा खेतीपाती गर्दै आएका किसानले यतिवेलाको वर्षाले जेठासी बाली गहुँ, जौ, उवा राम्रो हुने आशा लिएका छन् ।

सिँचाइ नहुँदा गहुँ, जौ, उवा बाली कतै पनि नउम्रिएको अधिकांश किसानले गुनासो गर्दै आएका छन् । वनपाखा धेरै जसोमा आगलागी भएर पशुवस्तु चरिचरनका लागि अभाव देखिएको छ ।

मनाङको तापक्रम माइनस ९ पुग्यो

हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट निरन्तर हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नौ डिग्री सेल्सियस पुगेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामेलगायत ठाउँमा हिमपात भएको छ । चिसोका कारण मानिसको चहपहल घटेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon