birat ribon

निर्मलाको जस्तो हविगत हुनसक्ने चिन्तामा भागरथीका परिवार

Neuro
निर्मलाको जस्तो हविगत हुनसक्ने चिन्तामा भागरथीका परिवार

विराटनगर । बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।

राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् ।

cura insider

बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदा भतिजीको हत्याका विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए । त्यही कारण भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको शंकरले बताए ।

भागरथीको शव बिहीबार दिउँसो गाउँकै विद्यार्थीले घर फर्किरहेका बेला सडकमुनि झाडीमा देखेका थिए । घटनास्थलमा साँझ ५ बजे स्थानीय र प्रहरी पुगेका थिए । शुक्रबार दिउँसो २ बजेतिर मात्र उनको शव घटनास्थलबाट उठाइएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी प्रहरी टोलीसहित शुक्रबार घटनास्थल पुगेका थिए ।

भागरथीकी सहपाठी ज्योति भट्टले साथीको हत्यापछि स्कुल जानै डर लागेको बताइन् । अनुसन्धानमा खटिएका प्रहरीहरूले शवको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि नै हत्या भएको जनाएका छन् । शव अर्धनग्न अवस्थामा फेला परेको थियो । शरीरका कपडा च्यातिएको र भित्री कपडामा रगत लागेको थियो । किशोरीको योनि र मुखबाट धेरै मात्रामा रगत बगेको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

काठमाडौंबाट पोस्टमार्टमका लागि विज्ञ चिकित्सक आउने भनिए पनि शवको प्रकृतिले बलात्कारपछि नै हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा पाइएपछि जिल्ला अस्पतालमै पोस्टमार्टम गरिएको हो । आइतबार बिहानसम्म रिपोर्ट आउने अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘घटना संवेदनशील र शंकास्पद छ । अनुसन्धान त्यही संवेदनशीलताका आधारमा अगाडि बढाएका छौं,’ डीएसपी अधिकारीले भने । कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon